बिहीबार, जेठ २, २०८२

नेपाल टी–२० लिग : विराटनगरले फार वेस्टलाई हरायो

नेपालखोज २०७९ पुष २० गते १९:३५

काठमाण्डौं । नेपाल टी–२० क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्सले फार वेस्ट युनाइटेडलाई ६ विकेटले हराएको छ ।

फार वेस्टले दिएको एक सय ५७ रनको लक्ष्य विराटनगरले १९ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६० र प्रदीप ऐरीले ४० रन बनाए । फार वेस्टका करन केसी, प्रकाश जैशी, नूर अहमद र हशमतुल्लाह शाहिदीले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५६ रन बनायो ।

फार वेस्टका लागि विनोद भण्डारीले ४५, कप्तान हशमतुल्लाह शाहीदीले २७ र करन केसीले नटआउट २१ रन बनाए । विराटनगरका शाहब आलमले तीन र केओन जोशेफले दुई विकेट लिए ।

प्रतिक्रिया