राष्ट्रियसभाको रिक्त एक सिटका लागि माघ २५ मा निर्वाचन हुने
नेपालखोज
२०७९ पुष २१ गते १५:०५

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त एक सिटका लागि निर्वाचन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रियसभा सदस्य सीटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सीट रिक्त छ । मन्त्रिपरिषदका अन्य निर्णयहरु शुक्रबार सरकारका प्रवक्ता विष्णु पौडेलले सार्वजनिक गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया