आइतबार, असार १५, २०८२

स्ववियु चुनाव चैत ५ मा गर्न सिफारिस

नेपालखोज २०७९ पुष २१ गते १५:१२

काठमाडौं । विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सिफारिस गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । सो बैठकले निर्णय अनुमोदन गर्नेछ ।

स्ववियू निर्वाचन २०६५ देखि नियमित हुन सकेको थिएन । १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

प्रतिक्रिया