सरकारको न्यूनतम साझा कार्यक्रम तयार, ढकाल भन्छन्, ‘जनतालाई खुसी बनाउने गरि कार्यक्रम आउँछ’

काठमाण्डौं । सत्ता साझेदार दलले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको हो ।
कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने बताए ।
उनले सम्भवत शनिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने जानकारी दिए । जनतालाई खुसी बनाउने गरी न्यूनतम साझा कार्यक्रम आउने उनको दाबी छ ।
पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।
प्रतिक्रिया