आइतबार, असार १५, २०८२

माघ ७ देखि ९ सम्ममा सभामुख र उपसभामुखको निर्वाचन गर्ने

नेपालखोज २०७९ पुष २२ गते १९:४८

काठमाडाैं । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।

उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदै छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया