आइतबार, असार १५, २०८२

‘प्रचण्ड सरकार बाह्य हस्तक्षेपलाई रोक्दै नेपालीले बनाएको हो’

नेपालखोज २०७९ पुष २३ गते १५:३०

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेपालीले बनाएको दाबी गरेका छन् । नेपालको सरकार निर्माणमा बाह्य शक्तिको हस्तक्षेपलाई जितेर पहिलो पटक नेपालको लागि नेपालीले सरकार बनाएको दाबी गरे ।

संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताए । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने वातावरणलाई खल्बलाउन नेपाली कांग्रेस लागेको सूचना सार्वजनिक भएको अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख नेता ओलीले कांग्रेसबाट त्यस्तो क्रियाकलापको अपेक्षा नगरेको बताए ।

उनले प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले प्रतिनिधिसभामा निर्वाचित संघीय सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया