आइतबार, असार १५, २०८२

पाँच वर्षका लागि थान्को लागेको कांग्रेसले च्याँखे नथापे हुन्छ : ओली

नेपालखोज २०७९ पुष २३ गते १६:३१

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले विपक्षी दल नेपाली कांग्रेस पाँच वर्षका लागि थान्को लागेको बताएका छन् ।

उनले पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको कांग्रेसको कुनै उपाय नचल्ने बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको ’पद बाँड्दै हिँडेको’ बताए ।

ओलीले कांग्रेसहरु यस्तो खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको ओलीको आरोप लगाए । उनले भने, ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ । यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वतः संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ ।’

कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो । ‘उहाँहरुको अबको ५ वर्षको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहनेछ । अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५)मा जान्छ,’ ओलीले भने ।

उनले नेपालको सरकार निर्वाणप्रति छिमिकी देशले अनावश्यक चासो राखेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्वासको मत लिन लागिरहेका बेला सत्ता समीकरण बदल्न भइरहेको प्रयासतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले यस्तौ बताए । अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताए । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ’यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो ।’

सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ थियो । उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए । सरकारी गठनका क्रममा भएका त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको ओलीको भनाइ थियो । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए ।

प्रतिक्रिया