कब्जियतलाई सधैका लागि जित्ने तरिका

मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियतको मूख्य कारण अप्राकृतिक जीवन शैली हो ।
भोजन व्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाइरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । व्यायाम र श्रमबाट भाग्नेहरुलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृतिमा विलब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख विग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिम
कब्जीयत सामान्य, अहत्वपूर्ण तथा बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जीयतलाई भवावही रोगहरुको जननी मानिएको छ । कब्जीयत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौं लामो समयसम्म आन्द्रामा मल रहिरँहदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ ।
यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसीडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्धार खस्नु, डकार आउनु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्नीएर विकृत हुनु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीनु जस्तै पटक पटक इन्फेक्सन भइरहनु, सर्दी–मर्कीले सताई रहनु, ज्वरो, खोकी वल्झी रहनु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनु, कोलेस्टेरोल, यूूरोक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भईरहनुु रक्तअल्पताको समस्या देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।
उपचार :
विशेष रोगावस्थाका कारणले कब्जियत भएकोभए रोगको उचित निधान गरेर रोग निर्मुल पार्ने तिर लागौं । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ ।
१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवाश विधि अपनाउनुपर्ने हुन्छ । यो उपवाश गर्नका लागि शाझ ६ःः०० बजे भन्दा पहिल्यै खाना खाएर विहान १०ः०० बजे भन्दा पछाडी मात्र खाना खाने गर्नुपर्छ ।
२. साँझको खानामा अन्नलाई समावेश नगरेर फलफूल, तरकारी र झोलीलो कुरालाई मात्र समावेश गर्ने गर्दा कब्जियतलाई जित्न सजिलो हुन्छ ।
३ं. बिहानको नास्ता पूर्व कुभीण्डो वा लौकाको जुस खानेगर्दा यो रोगको लागी अत्यन्त राम्रो गर्छ ।
४. बिहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफुलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्छ ।
५. ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौं बिहानको भोजनमा रातो चामल वा मकैकोभात, गहुँको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाइदा पु¥याउछ ।
६. बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
७. माछा, मासु अन्डा, घ्यू, पनिर,दुध, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । केरा, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।
व्यायम :
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया