परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता हो : ओली
नेपालखोज
२०७९ पुष २४ गते १५:३२

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी गठबन्धन ढाल्नु एमालेको सफलता भएको बताए । उनले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल भएको दाबी गरे ।
धुलिखेलमा जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विदेशी शक्तिहरूको षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको व्याख्या गरे ।
ओलीले एमाले रक्तबीज भएकाले अझ मजबुत हुने बताए । उनले भने, ‘एमालेलाई सिध्यायौं भनेर दंग परेपनि रक्तबीज भएकाले अझ मजबुत हुनेछ ।’
सम्बन्धित
प्रतिक्रिया