पार्टी र विचारभन्दा माथि देश र जनता : राजेन्द्र लिङ्देन
नेपालखोज
२०७९ पुष २५ गते १५:१६

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी र विचारभन्दा माथि देश र जनता रहेको बताएका छन् । सोमबार भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई दलको तर्फबाट सम्बोधन गर्दै बताएका हुन् ।
देश र जनतालाई मार पर्ने रोग भ्रष्ट्राचार र राष्ट्रियताविरोधी गतिविधिमा संलग्न हुने काममा राप्रपा कहिल्यै नलाग्ने र लाग्नेलाई कारवाहीको लागि निरन्तर आवाज उठाउने उनले बताए ।
यस्तै उनले कसैले निषेधको राजनीति नगर्न पनि आग्रह गरे । उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया