अर्थतन्त्र संकटमा छ भन्ने कुरा सत्य होइन : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्ने भनाइको खण्डन गरेका छन् ।
सरकारको तर्फबाट आगामी दिनमा गर्ने भनी सोमबार सार्वजनिक गरिएको ‘न्युनतम तथा साझा कार्यक्रम’को प्रति ग्रहण गर्दै उनले अर्थतन्त्र संकटमा रहेको भन्ने कुरालाई ठाडै अस्वीकार गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बजार हल्लला चलाइएजस्तो हाम्रो अर्थतन्त्र संकटमा छैन । बरु हाम्रै कारण केही समस्या आएका छन् । त्यसलाई यही साझा कार्यक्रमले सम्बोधन गर्ने विश्वास मैले लिएको छु ।’
सत्तारुढ ७ दलबीच गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको मस्यौलदा उपसमितिले तयार पारेको उक्त कार्यक्रमको प्रति संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण्ण गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रम प्रचण्डले आफूले भाषण र कुरा गर्न मात्र सरकारको नेतृत्व नगरेको बताउँदै सरकारले ल्याएको साझा कार्यक्रमलाई सफल बनाउने कार्यक्रम तर्जुमा गरेर छिट्टै बुझाउन कार्यक्रममा सहभागी सचिवहरुलाई निर्देशन दिए । अर्थतन्त्रलाई सवल र सक्षम बनाउन सबैको साथ रहेको उनले बताए ।
प्रतिक्रिया