एकिकृत समाजवादीले विश्वासको मत दिने
नेपालखोज
२०७९ पुष २६ गते ९:४३

काठमाण्डौं । नेकपा एकीकृत (समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
आज बिहान बसेको सचिवालय बैठकले सर्तसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । सर्त पुरा नभए समर्थन फिर्ता गरिने उनले बताए । सर्तबारे खुलाइएको छैन् ।
एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे विश्वासको मत लिदैछन् ।
सम्बन्धित
प्रतिक्रिया