सर्यो संसद् बैठक
नेपालखोज
२०७९ पुष २६ गते १०:२६

काठमाडौं । विहान ११ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।
नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक लम्बिएकाले संसदीय दलको बैठक समेत बस्न सकेको छैन ।
कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ । सोमबार साँझ भएको भेटमा देउवाले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएका थिए ।
आजै बिहान बसेको एकीकृत समाजवादीको बैठकले भने प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया