मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने
नेपालखोज
२०७९ पुष २६ गते २१:२०

काठमाण्डौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।
मंगलबार मुख्यमन्त्रीको सपथग्रहण गरेर तीन सदस्यीय मन्त्रीमण्डल निर्माण गरेका मुख्यमन्त्री जम्कट्टेलले माघ ३ गते सदन समक्ष विश्वासको मतको लागि प्रस्ताव गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।
कूल ११० सांसद रहेको प्रदेशसभामा जम्कटेलल ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया