पूर्वराजाले औंल्याए व्यवस्था पुनरावलोकनको आवश्यकता
नेपालखोज
२०७९ पुष २६ गते २१:२७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको भन्दै यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।
शाहवंशी राजसंस्थाका संस्थापक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै गद्दीबाहिर रहेका राजाले शाहवंशीय राजसंस्था आफ्नो जिम्मवारीबाट नचुक्नेसमेत प्रष्ट पारेका छन् ।
ज्ञानेन्द्रले राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भन्दै हरेक जनताका आ आफ्नो राष्ट्रिय अवधाण,अनुभुति र चासो चिन्ताका विषय सुन्न तथा बुझ्न आफू तत्पर रहेको समेत बताएका छन् ।

सम्बन्धित
प्रतिक्रिया