शनिबार, असार १४, २०८२

प्रधानमन्त्री र प्रधानसेनापति आज गोरखा जाँदै

नेपालखोज २०७९ पुष २७ गते ८:४०

काठमाडौं । सरकारको नेतृत्वमा पुगेपछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् ।

खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार मात्रै संसदमा विश्वासको मत पाएका थिए ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदैछन् ।

गोरखा नगरपालिका–६ ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न प्रधानसेनापति शर्मा गोरखा जान लागेका हुन् ।

प्रतिक्रिया