सोमबार, असार ९, २०८२

महोत्तरीमा ४ जनाको मृत्युको कारण रक्सी भएको खुल्यो

नेपालखोज २०७७ वैशाख २२ गते १५:२४

महोत्तरी । महोत्तरीमा ज्यान गुमाएका १२ मध्ये ४ जनाको मृत्युको कारण मदिरा भएको खुल्न आएको छ । पोस्टमार्टम रिपोर्टमा ४ जनाको मृत्यु अज्ञात रोगले नभएर मदिराले भएको खुलेको हो ।

महोत्तरीको भंगहा नगरपालिका–६ र ७ तथा बर्दिबास नगरपालिका–१२ मा कुल १२ जनाको मृत्यु भएको थियो । यीमध्ये ४ जनाको मृत्यु मदिराले भएको पोस्टमार्टम रिपोर्टले देखाएको हो । अन्य ८ जनाको पोस्टमार्टमबिनै अन्तिम संस्कार गरिएको थियो ।

४ जनाको जस्तै उनीहरूको पनि मदिराबाटै ज्यान गएको ठानिएको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धीरजप्रताप सिंह जानकारी दिए । कस्तो प्रकृतिको मदिराबाट उनीहरूको ज्यान गएको हो भन्ने विषय भने खुल्न बाँकी छ ।

यो जाँचका लागि काठमाडौं पठाइएको उनले बताए । कोरोनाले ज्यान गएको आशंकामा उनीहरूको कोरोना परीक्षणसमेत गरिएको थियो । तर, दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया