सोमबार, असार ९, २०८२

म्याग्दीका ३ जनामा डेङ्गो फेला

नेपालखोज २०७७ वैशाख २२ गते १५:३२

म्याग्दी । म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गो देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गो देखिएको हो ।

एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिए पछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एक ÷एक जनामा डेङ्गो देखिएको अस्पतालका क्लिनिकल प्रमुख डाक्टर नवराज बस्ताकोटीले बताए ।

नयाँ बिरामीसँगै म्याग्दीमा डेङ्गो देखिएकाको सङ्ख्या पाँच पुगेको छ । वैशाख महिनाका तीन हप्तामा चार पुरुष र एक महिलामा डेङ्गोको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गोको उच्च जोखिममा रहेको डाक्टर बस्ताकोटीको भनाइ छ ।

लामखुट्टे सक्रिय हुन थालेकाले अब डेङ्गोको जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् ।

प्रतिक्रिया