शुक्रबार, जेठ ३, २०८२

बैतडीमा नेपाल-इन्डो क्रिकेट आजदेखि

नेपालखोज २०७९ पुष २७ गते १२:४४

बैतडी । यहाँ आजदेखि प्रथम खुल्ला नेपाल इन्डो टी-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले रु ४० हजार र उपविजेता टोलीलाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई तीन हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यानलाई एक हजार पाँच सय रुपैयाँ, बेस्ट बलरलाई एक हजार पाँच रुपैयाँ, बेस्ट किपरलाई एक हजार एक सय ११ रुपैयाँ र बेस्ट फिल्डरलाई रु सात सय ७७ पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका-१० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेल लिग चरणमा खेलाइने छन् । सीमावर्ती क्षेत्रका बासिन्दाबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास, खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाइ छ ।

प्रतिक्रिया