सोमबार, असार ९, २०८२

लकडाउनले कृषकलाई समस्या भएको भन्दै मावनअधिकार आयोगको ध्यानाकर्षण

नेपालखोज २०७७ वैशाख २२ गते १५:४८

काठमाडौं । जारी लकडाउनका कारण किसानहरुको जीविकोपार्जन, कृषि उत्पादन तथा नागरिकको खाद्य सम्बन्धी हक प्रचलनमा उत्पन्न कठिनाई भएको प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

साथै केही निजी अस्पतालहरुले बिरामीहरुको भर्ना र उपचारमा देखाएको उदासिनताप्रति पनि आयोगले चासो देखाएको छ ।

आयोगका प्रवक्ता वेद भट्टराइद्धारा जारी प्रेस विज्ञप्तिमा लकडाउनको क्रममा भएको अनुगमनबाट कृषि पेशा तथा व्यवसायमा संलग्न कृषकलाई कृषि उत्पादनका लागि आवतजावत गर्न, कृषि उपजको बेचविखन तथा उचित मूल्य प्राप्त गर्न कठिनाई उत्पन्न भएको पाएको उल्लेख गरिएको छ ।

त्यस्तै मल, बिउ लगायत कृषि सामग्रीको अभाव भएको तथा सो को लागि प्रभावकारी व्यवस्थापन हुन नसकेको पनि विज्ञप्तीमा जनाइएको छ । किसानहरु लामो समयसम्म कृषि कार्यबाट वञ्चित रहँदा नागरिकको खाद्य अधिकार प्रचलनमा समेत बाधा उत्पन्न हुने देखिएको मानव अधिकार आयोगले जनाएको छ ।

नेपालको संविधान बमोजिमका खाद्य र खाद्यवस्तुको अभावमा व्यक्तिको जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुन पाउने मौलिक हक कार्यान्वयनमा तीनै तहका सरकारको ध्यान जानु जरुरी रहेको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया