माओवादीका भण्डारी सुदूरपश्चिममा सभामुखको उम्मेदवार
नेपालखोज
२०७९ पुष २७ गते १५:३७

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका भीम भण्डारी सभामुखको उम्मेदवार बनेका छन् । उनले आज उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादीकी गीतादेवी मालको प्रस्ताव र नेकपा एमालेकी जानकी बम ऐरको समर्थकमा भण्डारी सभामुखको उम्मेदवार बनेका हुन् ।
नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।
नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि मतदान हुने छ ।
सम्बन्धित
प्रतिक्रिया