शनिबार, असार १४, २०८२

सुदूरपश्चिम सभामुखको चुनाव भोलि : रावल र भण्डारीबीच प्रतिस्पर्धा हुने

नेपालखोज २०७९ पुष २७ गते १६:३५

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेपाली कांग्रसबाट मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा सचिवालयले बुधबार बिहान १० देखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको थियो । सो समयमा रावलले सभामुखका लागि मनोनयन दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका रहेको छ । रावलको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।

यस्तै एमालेसहितको समर्थनमा भने नेकपा (माओवादी केन्द्र)बाट भीम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिममा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने गरी सहमति भएका थियो । भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा (एमाले)की जानकी बम ऐर रहेका छन् ।

प्रतिक्रिया