शनिबार, असार १४, २०८२

अनेरास्ववियुको महाधिवेशन आगामी फागुनमा हुने

नेपालखोज २०७९ पुष २८ गते ८:३८

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म हुने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णयसँगै संगठनमा केही पदाधिकारी र सदस्यले असन्तुष्टि जनाएका छन् ।

अखिल इन्चार्ज माधव ढुंगेल र अध्यक्ष सुनिता बरालले पदाधिकारी बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । उक्त प्रस्तावअनुसार निर्णय फागुन पहिलो साता निर्णय भएकोमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू मोती विक वाङ्फु योञ्जन, उमेश आचार्यलगायतका पदाधिकारीले स्ववियु चुनावपछि अधिवेशन गर्नुपर्ने भन्दै असहमति जनाएका थिए । उनीहरूले फेसबुकमा पनि असन्तुष्टि पोखेका छन् ।

धुलिखेलमा दुई दिनअघि आयोजना गरिएको जनसंगठन सुदृढीकरण कार्यशालाकै क्रममा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, जनवर्गीय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितको हाइकमाण्डले स्ववियु चुनावअघि नै अधिवेशन गर्न दिएको निर्देशनबमोजिम मिति तोकिएको इन्चार्ज माधव ढुंगेलले बताए ।

चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न लागेकाले नयाँ नेतृत्व उत्साहसहित अखिललाई पहिलो बनाउने गरी विगतमाजस्तै मिसनमा लाग्ने उनले बताए । अखिलको भावी अध्यक्षमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदार देखिएका छन् । आरसी आयोजक कमिटी बनाएर अध्यक्ष हुन चाहन्थे । तर, सुनिताले महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्ने अडान राखेकी छन् ।

प्रतिक्रिया