शनिबार, असार १४, २०८२

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

नेपालखोज २०७९ पुष २८ गते १२:२३

काठमाडौं । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभाका जेष्ठ सदस्यले आज (बिहीबार) बसेको बैठकमा गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरे। उनको समर्थकमा नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर थिए ।

गठबन्धनमा भएको बाडफाडमा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएपछि ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।

प्रदेश १ को उपसभामुखको निर्वाचन पुस ३० गतेका लागि तोकिएको छ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् । उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।

प्रतिक्रिया