बागमती प्रदेशको सभामुखमा सृजनाको उम्मेदवारी
नेपालखोज
२०७९ पुष २८ गते १३:२२

काठमाडौं । नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले बागमती प्रदेशको सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम ९२० बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी हुन् । उनको समर्थकमा नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्ताव र गीता काफ्ले बसेकी छिन् ।

सम्बन्धित
प्रतिक्रिया