शनिबार, असार १४, २०८२

भूसाल पार्टी प्रवेशको तयारी, समाजवादीले स्वागत गर्ने

नेपालखोज २०७९ पुष २८ गते १५:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट नेता घनश्याम भूसाललाई स्वागत गर्न तयार भएको छ । उनलाई छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ ।

बुधबार महासचिव बेदुराम भुसालले घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादीमा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ’ पत्रमा भनिएको छ ।

उनी गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया