सल्यानमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाद्वारा डिस्फोज
नेपालखोज
२०७७ वैशाख २२ गते १८:२४
सल्यान । सल्यानको बागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ । सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगास्थित थारदुला नजिकैको ओडारमा भेटिएको थियो ।
उक्त बस्तु सकेट बम भएको र नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै जाने क्रममा शंकास्पद बस्तु फेला परेका थिए ।
यसका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया