आज थुनामुक्त हुँदै किक्रेटर सन्दीप लामिछाने
नेपालखोज
२०७९ पुष २९ गते ७:५५

काठमाडाैं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उनलाई बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
धरौटी जम्मा गराएर जिल्ला अदालत काठमाडौं हुँदै आदेशसहितको पत्र आएपछि सन्दीपलाई आज छाडिने डिल्लीबजार कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नुपर्ने भएकाले उनी बिहीबार छुट्न सकेका थिएनन् ।५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबर्जस्तीकरणी गरेको भन्दै उनीविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया