सोमबार, असार २३, २०८२

यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

नेपालखोज २०७९ माघ १ गते ११:४१

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाजमा ६८ जना यात्रु थिए ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए ।

प्रतिक्रिया