शनिबार, असार १४, २०८२

कर्णाली प्रदेशका सभामुख गुरुङले लिए शपथ

नेपालखोज २०७९ माघ १ गते १९:३८

काठमाण्डौं । कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उनले प्रदेश प्रमुख परियारसमक्ष शपथग्रहण भएको हो । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङलाई बहुमतले निर्वाचित गरेको थियो ।

सत्तारूढ दलका साझा उम्मेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया