शनिबार, असार १४, २०८२

विमान दुर्घटनाको खबरले मर्माहत भएको छु : मुख्यमन्त्री रावल

नेपालखोज २०७९ माघ १ गते २०:३७

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री रावलले आज शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरे । उनले विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरे ।

आइतबार करिब साढे १० बजे काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया