सोमबार, असार २३, २०८२

विमान दुर्घटनाको उद्धारकार्य आज पुन: थालिने

नेपालखोज २०७९ माघ २ गते ६:१७

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिने भएको छ । हिजो दिनभरि नै उद्धारकार्य गरिएको र रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया