सोमबार, असार ९, २०८२

गायिका छन्त्याल निधनको शोकमा प्रतिष्ठानको सम्पूर्ण कार्यक्रम रद्द

नेपालखोज २०७९ माघ २ गते ८:५८

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकी दोहोरी गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका निर्धारित कार्यक्रम रद्द गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।

२२ वर्षीया गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका समेत हुन् ।

प्रतिक्रिया