‘भष्मे डन’मा स्वस्तिमा अनुबन्धित
नेपालखोज
२०७९ माघ २ गते ९:०८

काठमाडौं । दीपेन्द्र के खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’को लिड रोलमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।
आइतबार निर्माण कम्पनी र स्वस्तिमाबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्ने फिल्ममा स्वस्तिमा विपिन कार्की ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुने भएकी छन् ।
फिल्ममा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय हुनेछ । आगामी फागुन १२ गतेदेखि फिल्म छायांकनमा जानेछ ।
पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया