शुक्रबार, असार २०, २०८२

फरेन्सिक विज्ञले थाले शवको पोस्टमार्टम

नेपालखोज २०७९ माघ २ गते १४:११

काठमाण्डौं । काठमाडौंबाट पोखरा पुगेका दुई जना फरेन्सिक विज्ञले शवको पोस्टमार्टमको काम थालेका छन् । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा पुगेका हुन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी गरिएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

प्रतिक्रिया