लुम्बिनीको सभामुखमा तुलाराम घर्तीको एकल उम्मेदवारी
नेपालखोज
२०७९ माघ २ गते २०:२७

काठमाण्डौं । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल उम्मेदवारी परेको छ ।
उपसभामुखमा भने नेपाली कांग्रेस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीले पनि मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठक, राप्रपाकी मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेबी चौधरीको मनोनयन दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।
सभामुख र उपसभामुख चयनका लागि भोलि दिउँसो निर्वाचन हुँदैछ ।

सम्बन्धित
प्रतिक्रिया