बागमतीमा कार खस्दा दुईजना बेपत्ता
नेपालखोज
२०७९ माघ २ गते २१:३३

काठमाडौं । काठमाडौंको चोभारस्थित पुलबाट बागमती नदीमा कार खस्दा दुईजना बेपत्ता भएका छन् ।
दुर्घटनामा एकजना महिला घाइते भएकी छन् । उनको साथबाट अम्बिका लामिछाने नाम गरेको आइडी कार्ड भेटिएको प्रहरीले जनाएको छ । घाइते महिलाको ललितपुरको वयोधा हस्पिटलमा उपचार भइरहेको छ ।
कारमा तीनजना रहेको प्रहरीको अनुमान छ । बेपत्ताहरुको खोजी कार्य भइरहेको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया