शुक्रबार, असार १३, २०८२

सत्ता साझेदार संयन्त्रको बैठक सकियो, कुन मन्त्रालय कस्को भागमा ?

नेपालखोज २०७९ माघ २ गते २२:३२

काठमाण्डौं । सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबण्डा गरेको छ । सोमबार राति सम्पन्न बैठकले नेकपा एमालेले ८ मन्त्रालय पाउने, माओवादीलाई प्रधानमन्त्रीबाहेक ४ मन्त्री र १ राज्यमन्त्री लिने सहमति भएको छ ।

सहमति अनुसार रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने भएका छन् । साथमा सहरी विकास र खेलकूद मन्त्रालय राप्रपाको भागमा परेको छ ।

जसपालाई २ मन्त्रालय दिने निर्णय भए पनि जसपा सहमत नभएको बताइएको छ । नयाँ मन्त्रीको सपथ भोलि दिउँसो एक बजे हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया