मन्त्रीपरिषद् विस्तारपछि सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा मंगलबार सर्वदलीय बैठक बस्ने भएको छ । बैठक मन्त्रीपरिषद् विस्तार पछि बस्ने स्रोतले जनाएको छ ।
मन्त्रीपरिषद् विस्तार दिउँसो १ बजे राखिएको छ । प्रधानमन्त्रीले आब्हान गरेको सर्वदलीय बैठकमा विश्वासको मत दिएको नेपाली कांग्रेसलाई पनि सहभागी गराउने प्रयास भइरहेको छ । सत्ता गुमाएको संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राजनीतिक समिकरणमा शंका पसेको छ ।
कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति लिने दाउमा प्रस्तुत भएको छ । प्रधानमन्त्रीले पनि कांग्रेसलाई कुनै न कुनै शक्ति शेयर गर्ने सोचमा देखिएका छन् । कांग्रेसले राष्ट्रपति र सभामुखमध्ये एक पद आफुले पाउनुपर्ने संकेत गरेको छ ।
एमाले भने माओवादीसँगको पूर्व सहमति अनुसार यी दुवै पद आफुले पाउनुपर्ने अडानमा छ ।
प्रतिक्रिया