रास्वपाबाट यी सांसद मन्त्री बन्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दुई मन्त्री थपिने भएका छन् । सत्ता साझेदार दलबीच भएको भागबण्डा अनुसार रास्वपाको भागमा गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय परेको छ ।
गृहमा पार्टी सभापति रवि लामिछाने यसअघिनै सरकारमा सहभागी बनिसकेका छन् । रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनाललाई पठाउने भएको छ । रास्वपाले विषय विज्ञता हेरेर मन्त्री पठाउने तयारी गरेको छ । खनाल ‘टिच फर नेपाल’का संस्थापक हुन् । उनीसँग लामो समय शिक्षा क्षेत्रमा काम गरेकोको अनुभव छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ । रास्वपाका उपसभापति अर्याल धादिङ घर भएका समानुपातिक तर्फबाट सांसद बनेका हुन् । अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन् । उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए ।
रास्वपाले एक राज्यमन्त्री पनिे पाउनेछ । राज्यमन्त्रीमा कस्लाई पठाउने निधो भएको छैन् । २० सांसद रहेको रास्वपामा मन्त्री छान्ने सर्वाधिकार सभापति लामिछानेलाई दिइएको छ । दलीय सहमति अनुसार रास्वपाले उपसभामुख पनि पाउनेछ ।
प्रतिक्रिया