यी नेताको भागमा कुन मन्त्रालय ?

काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ । दाङ २ बाट निर्वाचित रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री बन्ने भएकी छन् ।
भोजपुरबाट निर्वाचित सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । तेस्रो मन्त्रीको भने नाम टुंगिएको छैन । यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।
भागबण्डामा ८ मन्त्रालय पाएको नेकपा एमालेले सांसद पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाउदैछ । पर्वतबाट लगातार दोस्रो जित निकालेका गिरीलाई स्वास्थ्यमन्त्री बनाउन लागेको एमालेका एक नेताले बताए ।
परराष्ट्रमा डा. विमला राई पौडेललाई अघि सारिएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् । मन्त्री हुने अन्यको नाम सार्वजनिक गरिएको छैन् ।
प्रतिक्रिया