आइतबार, असार २२, २०८२

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ माघ ३ गते २२:२५

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए, मन्त्रीमण्डल २३ सदस्सीय, दुई मन्त्रालय प्रधानमन्त्रीसँगै ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक ।

मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनकी बबिताकुमारी राउत निर्वाचित ।

मन्त्रालय विभाजनमा जनमत पार्टीको असन्तुष्ट ।

पोखराबाट ४८ शव काठमाडौं ल्याइयो, भोलिदेखि शव परीक्षण सुरु गरिने ।

पोखरा जहाज दुर्घटनामा परेका थप एकको शव भेटियो, अझै एक जना बेपत्ता ।

विमान दुर्घटना अध्ययन गर्न विज्ञ टोली नेपाल आइपुग्यो ।

सर्वदलीय बैठकको निष्कर्ष, सहमति र सहकार्य जारी राख्ने सहमति ।

अभिनेता पल साहलाई जिल्ला अदालत तनहुँले दियो सफाई ।

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीमबहादुर भण्डारी निर्वाचित ।

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत ।

प्रतिक्रिया