शुक्रबार, असार १३, २०८२

सभामुखमा उम्मेद्वारी दर्ता आज

नेपालखोज २०७९ माघ ४ गते ६:२९

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ । प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ । 

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ । बुधबार ४:१५ बजे नै उम्मेद्वारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ । 

प्रतिक्रिया