शुक्रबार, असार १३, २०८२

जसपा संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७९ माघ ४ गते १०:२१

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ ।

मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो । जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो ।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । जसपाले प्रधानमन्त्री प्रचण्डसँग उपराष्ट्रपति पनि माग गरेको बताइएको छ ।

प्रतिक्रिया