सभामुखमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
नेपालखोज
२०७९ माघ ४ गते ११:५५

काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । उम्मेदवार भने टुंगो लागेको छैन ।
उम्मेदवार भने प्रतिपक्षमा रहेका दलहरूसँग परामर्श गरेर तय गरिने एक पदाधिकारीले जानकारी दिए । सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया