सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने
नेपालखोज
२०७९ माघ ४ गते १३:४६

काठमाडाैँ । सभामुखमा नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।
२०३६ सालदेखि बहुदलको प्रचार–प्रसार गरेर राजनीतितर्फ आकर्षित न्यौपाने दुई पटक संविधानसभा सदस्यसमेत भइसकेकी छन् । भ्रातृ संगठन नेपाल महिला संघकी उपाध्यक्षसमेत रहिसकेकी न्यौपाने पार्टीको केन्द्रीय सदस्यसमेत छन्।
केन्द्रीय कार्यसमितिमा यो उनको दोस्रो कार्यकाल हो । न्यौपाने पार्टीको सचेतक समेत भइसकेकी छन् । दुईपटक पार्टीको केन्द्रीय सदस्य बनिसकेकी न्यौपाने गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ मा टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसँग पराजित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया