शुक्रबार, असार १३, २०८२

जसपाले सभामुखबारे भोलि निर्णय गर्ने

नेपालखोज २०७९ माघ ४ गते १६:५६

काठमाडौं । सत्ता साझेदार दलबीच भागबण्डा नमिलेपनि तत्काल सरकारमा नजाने निर्णयमा पुगेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने भएको छ ।

पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ । आज पनि अध्यक्ष उपेन्द्र यादवले कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया