कर्णालीका उपसभामुख न्यौपानेले लिइन् शपथ
नेपालखोज
२०७९ माघ ४ गते १९:४१

काठमाण्डौं । कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो ।
सत्तारूढ दलका साझा उम्मेदवारका रूपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया