मधेस प्रदेशका सबै निकायलाई भ्रष्टाचारमुक्त बनाउँछु : मुख्यमन्त्री यादव
नेपालखोज
२०७९ माघ ४ गते २२:०३

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशका सबै निकायलाई तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने दाबी गरे ।
आज प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पु¥याउने प्रतिबद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
मुख्यमन्त्री यादवले भ्रष्टाचार छानविनका लागि आफूले पाँच सदस्यीय समिति गठन गरेको स्मरण गराउँदै उनले सबै दललाई साथमा लिएर आफू अघि बढ्ने कार्ययोजनासमेत सार्वजनिक गरे ।
सरकारको नीति तथा कार्यक्रमसमेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया