आइएफआरसीले ४५ एम्बुलेन्स हस्तान्तरण गर्ने
नेपालखोज
२०७९ माघ ५ गते १३:२२

काठमाण्डौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण तयारी गरेको छ ।
ग्रामीण क्षेत्रमा उपयोग गरिने ती एम्बुलेन्स नेपाल भित्रिसकेको उसले जनाएको छ । यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाक करिब १२ लाख (रु १६ करोड ७८ लाख) रहेको उसले जनाएको छ ।
आइएफआरसीले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया